
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं २ मा रहेको लभ्ली एन्जल्स इङ्ग्लिस बोर्डिङ स्कुलले एसईईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । यस वर्ष लभ्ली एन्जल्सका ३५ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए ।


लभ्ली एन्जल्समा अध्ययनरत ३५ जना विद्यार्थीहरूले २.९४ देखि ३.६५ अङ्क ल्याएर शतप्रतिशत उतीर्ण भई उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन ।

एसईईको परीक्षाफल आज बिहीबार सार्वजनिक भएको हो । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।









