
विराटनगर । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कृष्ण प्रसाद सिटौला विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार उनले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै राष्ट्रियसभामा सिट सुरक्षित गरेका हुन् ।


सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत र स्थानीय तर्फ १५३ मत पाउँदा उद्धवले प्रदेश तर्फ ४७ सांसदको मत र स्थानिय तर्फ १०९ मात्र मत पाए ।










