
सुन्दरहरैंचा । रौतहटको चन्द्रपुरमा सोमबार अपरान्ह भएको दुर्घटनामा धरान र मोरङको सुन्दरहरैँचाका दुईजनाको मृत्यु भएको छ ।


बागमती प्रदेश ०३–००१ च ५३१ नम्बरको टाटा सुमो र प्रदेश १–०२–०४३ प ८०८५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार सुन्दरहरैँचाका विवश सापकोटा र धरानका तुलसी ओझाको मृत्यु भएको हो ।









