
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ स्थित विराटचौकबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।


सोमबार राती ९:३० बजे वडा नं ९ स्थित नेपालिरिका होटल जाने सडक खण्डबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वडा नं ९ बस्ने वर्ष २७ को जगत श्रेष्ठ र सोही वडा बस्ने वर्ष २३ को दिलिप खवास रहेका छन ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरिक्षक तेज दाहालको नेतृत्वमा खटिएको टोलीले उक्त दुई जना व्यक्तिबाट ट्रमाडोल २३ पत्ता, स्पास्पेन २७ पत्ता, एन्टिकफ ८ पत्ता बरामद गरेको छ । प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।









