
सुन्दरहरैंचा । मोरङको विराटनगर-१७ बाट प्रहरीले ब्राउन सुगर सहित दुईजनालाई पक्राउ गरेको छ ।प्रहरीले सुन्दरहरैंचा नगरपालिकाको दुईजनालाई पक्राउ गरेको हो ।


प्रहरीले बा. ९८ प ४६ नम्बरको मोटरसाईकल चालक सुन्दरहरैचा नगरपालिका ३ का ३२ बर्षीय मनोज कटुवाल र मोटरसाईकलमा पछाडी सवार ३२ बर्षीय अम्बिर यक्सो लिम्बुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनिहरुको साथबाट ३ ग्राम ५८ मिलिग्राम ब्राउन सगुर सहित इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।









