
विराटनगर । विराटनगरबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले सुन्दरहरैंचाका दुई जनालाई पक्राउ गरेको हो ।


विराटनगर-१६ स्थितमा चेकजाँचको क्रममा को. १९ प ८५९२ नम्बरको मोटरसाईकलमा सवार मोरङ सुन्दरहरैचा नगरपालिका-५ का २५ बर्षीय अभिषेक चौधरी र सुन्दरहरैचा-४ का ३० बर्षीय उज्वल सापकोटालाई ३ ग्राम २४ मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।










