
बेलबारी । मोरङको बेलबारी नगरपालिका-२ स्थित भलुवा खोलामा डुबेर १ जना बालिकको मृत्यु भएको छ ।


आइतबार दिउँसो मामा साङ्गे लामासंग बस्दै आएकी ३ वर्षिय बालिका सानी तामाङ घरबाट हराएकी थिइन । प्रहरी र आफन्तले बालिकालाई खोलामा डुबेर मृत अवस्थामा फेला पारेका थिए ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।









