
सुन्दरहरैंचा । माघ ३० गते देखि शुरु भएको सुन्दरहरैंचा विराट एक्स्पो-४ मा आज मंगलबार सातौ दिन गायक गायक साजन राई र रकहेड्स ब्याण्डको प्रस्तुति रहने भएको छ ।


फागुन १० गते सम्म आयोजना हुने उक्त एक्स्पोमा रात्रीकालिन सांस्कृतिक कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ । एक्स्पोमा दिउँसो स्थानिय कलाकारहरूको प्रस्तुति रहने छ भने विभिन्न संघसंस्थाले एक्स्पो स्थल भित्र समेत विभिन्न कार्यक्रम आयोजना गर्नेछन ।

एक्स्पो आयोजकले दिउँसोको ३ बजे सम्मको लागि नि:शुल्क प्रवेशको व्यवस्था गरेको छ ।









