
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ।


सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:१५ मिनेटमा दुर्घटनामा परेको हाे। जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिसकिएको प्रहरीले जनाएको छ।

सौर्य एयरको बिमान पोखराको लागि उडान गर्ने क्रममा दुर्घटनामा परेको हो।









