
बेलबारीमा । बेलबारी नगरपालिकामा कार अनियन्त्रित हुँदा तीन जना घाइते भएका छन । वडा नं ३ स्थित पुरानो मालपोत छेउ स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्ब तर्फ जादै गरेको BAGMATI BAC 6798 न.को कार आँफै अनियन्त्रित हुँदा तीन जना घाइते भएका छन ।


घाइते हुनेमा कार चालकउर्लाबारी ७ बस्ने वर्ष ४३ को गोविन्द पौडेल सोहि कारमा सवार निजको श्रीमती वर्ष ३२ कि सविना पौडेल र वर्ष ३९ को गणेश बहादुर विष्ट रहेका छन ।

घाइते तीन जनाकै नोबेला सामुदायिक अस्पातल बेलबारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।









