कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा १२ जना अपाङ्गता भएका व्यक्ती सम्मानित

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाले ३२ औं अन्तराष्ट्रिय अपाङ्गता  दिवस विविध कार्यक्रमका साथ मनाएको छ ।

सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरगाईको प्रमुख आतिथ्यतामा ३२ औं अन्तराष्ट्रिय अपाङ्गता  दिवस नगरपालिकाले मनाएको हो । सो अवसरमा नगरले प्रत्येक वडाका एक जना अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरेको छ ।

अपाङ्गता भए पनि विभिन्न क्षेत्रमा काम गरेर उदाहरणीय व्यक्ति बन्न सफल भएकाले उनीहरूलाई सम्मान गरिएको नगरपालिकाको सामाजिक शाखाका अनिल पोखरेलले जानकारी दिए ।

कार्यक्रममा नगर उपप्रमुख अकली चौधरी, प्रमुख प्रशासकिय अधिकृत अम्बिकाप्रसाद चाैलागाई, विभिन्न वडाका वडाध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *