
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १ स्थित हरैंचामा बिहिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन ।


हरैंचाबजार देखि उत्तरमा रहेको सुन्दरहरैंचा नगर अस्पताल अगाडी हरैंचाबाट बिराटचौक तर्फ जादैँ गरेको मे ८ प ३१८७ नं. (१२५ सिसि)को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक झापा दमक नगरपालिका वडा नं.०५ बस्ने बर्ष ५५ को लक्ष्मि काफ्ले घाइते भएको प्रहरीले जनाएको छ । घाइते काफ्लेको मुख, बाया खुट्टा, हातमा चोट लागेको र उनको सुन्दरहरैंचा नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।









