मुख्य समाचार शिक्षा स्वास्थ्य

प्रधानमन्त्री प्रचण्डलाई व्यङ्ग्य गर्दै शर्माले भने “ओराली लागेको हरिणको चाल भयो”

सुन्दरहरैंचा । मोरङ क्षेत्र नं ३ का सांसद सुनिल शर्माले प्रधानमन्त्री प्रचण्डप्रति लक्षित गर्दै वरिष्ठ गायक रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भयो’गीत प्रतिनिधि सभा बैठक भित्र सुनाएका छन ।

सांसद शर्माले आइतबारको प्रतिनिधि सभा बैठकमा उक्त गित सुनाएका हुन । उनले यस गीतमा कुनै नियम आपत्ति भए डिलिट गर्दा पनि कुनै आपत्ति नरहेको बताए । 

सांसद शर्माले प्रधानमन्त्री प्रचण्ड सरकारले विदेशबाट दुई वटा काम भनेको हुर्रा र मुर्रामात्रै ल्याएको बताएका छन् । सांसद शर्माले प्रचण्ड सरकारले दुईवटा काम मात्र राम्रो गरेको बताए ।  उनले दुई वटा काममध्ये पुर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने र आर्थिक नीतिमा दफा ५७ संशोधन मुख्य भएको बताए । उनले तर प्रधानमन्त्रीले मन्त्रीपरिषदबाट गरेको निर्णय किन कार्यान्वयन हुन नसकेको बारे जवाफ दिन माग गरे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *