कोशी प्रदेश मुख्य समाचार

कोशी प्रदेश प्रहरी अस्पताल बेलबारीको माग प्रति प्रधानमन्त्री सकारात्मक

बेलबारी । प्रदेश प्रहरी अस्पताललाई बेलबारीमै पुन स्थापनाको माग गर्दै मोरङका सर्वदलीय नेताहरु द्वारा प्रधानमन्त्री  प्रचण्ड संग भेटवार्ता गरेका छन्  । गत फागुन १० गते मोरङको बेलबारीमा स्थापना भएको कोशी प्रदेश प्रहरी अस्पताल मंसिर २६ गते मध्यरातमा सुनसरीको इनरुवा  लगएपछी स्थानीय आन्दोलित बनेका छन् । 

रातारात इनरुवामा सारिएपछी उक्त  प्रदेश प्रहरी अस्पताललाई पुन बेलबारीमा स्थापित गराउन माग गर्दै आईतवार संघिय राजधानी काठमाडौं पुगेका मोरङका राजनीतिक दलका नेता संगै युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बू पनि प्रधानमन्त्री समक्ष पुगेका छन् ।

बेलबारीका मेयर दिल प्रसाद राई, उपमेयर नितु तथा कोईराला, राष्ट्रिय सभा सदस्य विना पोख्रेल, कोशी प्रदेश  सांसद ज्ञानेन्द्र सुवेदी, मान बहादुर लिम्बू, गिता तिम्सिना,नेपाली कांग्रेस बेलबारीका सभापति  छत्र लिम्बू, नेकपा एमाले मोरङका सचिवालय सदस्य इरान राई, नेकपा माओवादी  केन्द्रका नेता सावित्री कुमार काफ्ले,  तिलक प्रसाद राई,  नेकपा माओवादी  केन्द्र बेलबारीका अध्यक्ष परशुराम सुवेदी र नेपाली कांग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी, कांग्रेस नेता डिल्लीराम गिरी लगायतले प्रधानमन्त्री प्रचण्डलाई  प्रदेश प्रहरी अस्पताललाई पुन बेलबारीमै स्थापित गराउन माग गरेका छन् ।

भेटवार्ता सकारात्मक र उपलब्धि मुलक बनेको नेपाली कांग्रेस बेलबारीका सभापति छत्र लिम्बूले बताए । “प्रधानमन्त्री ज्यु सकारात्मक हुनुभएको छ त्यसैले पनि हामी ढुक्क छौँ ” सभापति छत्र लिम्बूले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *