
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ६ दुलारीमा शनिबार दिउँसो टिपरले बसलाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।


इटहरीबाट गछिया तर्फ आउँदै गरेको मे १ ख २३२७ न. को बसलाई अर्को दिशा तर्फ जाँदै गरेको को १ ख ६३८९ न. को टिपरले ठक्कर दिँदा बसमा सवार दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा बस चालक उर्लाबारी नगरपालिका बस्ने वर्ष ४२ को पर्शुराम धिमाल र बसको सहचालक वर्ष ४२ को भद्रबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।









