
सुन्दरहरैंचा । नेपाल महिला संघ मोरङ क्षेत्र नं ३ को क्षेत्रीय सभापतिमा मञ्जु रेग्मी फुयाल सर्वसम्मत चयन भएकी छन् । सुन्दरहरैंचा नगरपालिका वडा नं ८ घर भएकी मञ्जु आइतबार भएको एक कार्यक्रम बिच सर्वसम्मत सभापतिमा चयन भएकी हुन ।


त्यस्तै महिला संघको उपसभापति पदमा सिता देवी रायमाझी र भीम कुमारी गुरुङ, सचिव पदमा अस्मिता सुबेदी र मुना पाण्डे सर्वसम्मत चयन भएका हुन ।

आइतबार मोरङ क्षेत्र नं ३ मा नेपाली काङ्ग्रेसका नेताहरुको उपस्थितिमा नेपाल महिला संघको समायोजन कार्यक्रमबाट तदर्थ समिति गठन गरिएको हो ।









