
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि १ अर्ब ८२ करोड ६१ लाख ७९ हजार २ सय ४८ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।


नगरपालिकाको सोमबार भएको चौधौ नगरसभामा उपमेयर अकली चौधरीले सो बजेट प्रस्तुत गरेकी हुन् ।

चौधौ नगर सभाले चालू खर्च तर्फ रु ७५ करोड २९ लाख ४३ हजार ५ सय रुपैया विनियोजन गरेको छ । त्यस्तै पुजिगत खर्च तर्फ रु १ अर्ब ६ करोड ६७ लाख ३५ हजार ७ सय ४८ रुपैया विनियोजन गरेको हो । त्यस्तै नगर सभाले वितिय व्यवस्थापन शिर्षकमा रु ६५ लाख रकम विनियोजन गरेको छ ।
चौधौ नगर सभाले अघिल्लो आर्थिक वर्ष भन्दा १० करोड बजेट बढीको अनुमानित बजेट सार्वजनिक गरेको हो । गत आर्थिक वर्षमा नगरले १ अर्ब ७२ करोड ८ लाख २२ हजार रकम अनुमानित बजेट सार्वजनिक गरेको थियो ।









