कोशी प्रदेश मुख्य समाचार समाचार

भरुवा बन्दुक सहित एकजना पक्राउ

उदयपुर । उदरपुरको त्रियुगा नगरपालिका-५ कुसुमेटारका ३१ वर्षिय अमृत तामाङलाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । अमृत तामाङले एक नाले भरुवा बन्दुक घर नजिकै जंगलमा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले उनलाई भरुवा बन्दुक सहित सोमबार दिउँसो पक्राउ गरेको हो ।

भरुवा बन्दुक सहित पक्राउ परेका तामाङको सम्मानित उदयपुर जिल्ला अदालयबाट हात हतियार खरखजना मुद्धामा म्यादथप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *