शिक्षा

उच्च शिक्षाका लागि ग्रो मोर कन्सलटेन्सी विद्यार्थीको रोजाईमा

सुन्दरहरैंचा । नेपालबाट हरेक वर्ष सयौँ विद्यार्थीहरू उच्च शिक्षा हासिलका लागि विभिन्न मुलुकका युनिभर्सिटी र कलेजतर्फ जाने गरेका छन् । के तपाईँ वैदेशिक उच्च शिक्षाका लागि भरपर्दो र गुणस्तरीय कन्सलटेन्सीको खोजीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने एक पटक ग्रो मोर कन्सलटेन्सीलाई सम्झिनुहोस् ।

वैदेशिक उच्च शिक्षा अध्ययनका लागि मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ स्थित विराटचौकमा रहेको ग्रो मोर कन्सलटेन्सी विद्यार्थीहरूको  रोजाईमा पर्न थालेको छ । उक्त कन्सलटेन्सीले करिब २ वर्षदेखि विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि परामर्श सेवा दिईरहेको छ ।

उक्त कन्सलटेन्सीले छोटो समयमा करिब ५० भन्दा बढी विद्यार्थीहरूलाई अध्ययनका लागि विभिन्न देश पठाइसकेको कन्सलटेन्सीका सञ्चालक राजीव चापागाईँले बताए । कन्सलटेन्सीले अमेरिका, युके, क्यानडा, अस्ट्रेलिया, साउथ कोरिया, जापान र डेनमार्क लगायत अन्य देशहरूमा जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श सेवा दिँदै आएको सञ्चालक चापागाईँले बताए ।

कन्सलटेन्सीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिँदै आएकोले गर्दा यहाँ विद्यार्थीहरूको चाप दिनहुँ बढिरहेको सञ्चालक चापागाईँले बताए । कन्सलटेन्सीले आफ्ना विद्यार्थीहरूका लागि +२ सकेका विद्यार्थीहरूका लागि आयल्स(IELTS) र पिटिई (PTE) कक्षा सञ्चालनका लागि ५०% छुटको व्यवस्था गरेको छ भने ब्याचलर सकेका विद्यार्थीहरूका लागि ३०% छुटको व्यवस्था गरेको चापागाईँले बताए ।

विज्ञापन: राम्रो र गुणस्तरीय शिक्षाका लागि साथै वैदेशिक अध्ययनका लागि ग्रो मोर कन्सलटेन्सीलाई नै रोजौ । सम्पर्क नं : ०२१:५९०७१२, ९७०६११४०३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *