
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको सोमवार निधन भएको छ ।


गत माघ १० गते ब्रेन ह्यामरेज भई उनी बिरामी भएका थिए। कांग्रेसबाट उम्मेदवारी दिएर गाउँपालिका अध्यक्ष बनेका उनको सोमबार निधन भएको कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले जानकारी दिए । गच्छदारको मंगलबार अन्तिम संस्कार गरिनेछ ।










