कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाका सिटि सफारी चालक आन्दोलित

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका सिटि सफारी चालकहरु आन्दोलित भएका छन । इटहरी उपमहानगरपालिकाले सुन्दरहरैंचा नगरपालिकाबाट प्रवेश गर्ने सिटी सफारी इटहरी क्षेत्रमा प्रवेश गर्न रोक लगाए पछि सिटि सफारी चालकहरु आन्दोलित भएका हुन ।

केही महिना अघि पनि इटहरी उपमहानगरपालिकाले इटहरी क्षेत्रमा सिटि सफारीलाई प्रवेशमा रोक लगाएको थियो । सिटी सफारी चालकहरुले आन्दोलन गरे पश्चात् सहमतिमा पुन: प्रवेश खुल्ला गरेको थियो ।

इटहरी उपमहानगरपालिकाले पार्किङमा समस्या भन्दै इटहरी बाहिरबाट आउने सिटि सफारीहरुलाई प्रवेश गर्न रोक लगाएको छ । बुधबार सुन्दरहरैंचा नगरपालिकाका सिटि सफारी चालकहरुले नगरपालिका घेराउ गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *