
केराबारी । खोर्साने केराबारी सडक क्षेत्रमा स्कार्पियोको ठक्करबाट सिटी सफारीमा सवार ४ जना यात्रु घाइते भएका छन् ।


खोर्सानेबाट धरान तर्फ आउदै गरेको प्र.१ ०२ ००२ च ५६२५ नम्बरको स्कार्पियोले विपरित दिशा तर्फ गइरहेको रातो रंगको सिटी सफारीलाई ठक्कर दिदा सिटीमा सवार ४ जना घाइते भएका हुन् ।

घाइतेहरुको सुन्दरहरैंचा स्थित सामुदायिक अस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।









