
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको गछिया जेसीजको अध्यक्षमा नवीन बराल निर्वाचित भएका छन ।


शनिबार भएको निर्वाचनबाट बराल वर्ष २०२५ को अध्यक्षमा चयन भएका हुन । त्यस्तै कार्यकारी उपाध्यक्षमा निश्चल घिमिरे र रोहित सेरेङ्ग निर्वाचित भएका छन ।

त्यस्तै उपाध्यक्षमा आयुषदिप रिजाल, विजय ओझा, जानुका धमला र राजाबाबु ढकाल, कानुनी सल्लाहकारमा कमल प्रसाद ढुङगाना, महासचिबमा नवराज पोखरेल, कोषाध्यक्षमा कमल दाहाल, सचिवमा रिजन पोख्रेल र जन सम्पर्क अधिकारीमा देवराज पोख्रेल निर्वाचित भएका छन ।








