
बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं ५ कसेनी स्थित मिलीजुली टोलबाट हराएका पाँच वर्षीय बालक मृत अवस्थामा भेटिएका छन् ।


बुधबार साँझ देखि हराएका विनोद बनका ५ वर्षीय छोरा विवश बनको मृत अवस्थामा शव भेटिएको हो ।

बिहिबार बिहान करिब ९ः३० बजे बन परिवारको घर देखी करिब डेढ किलोमिटर पूर्व सुनसरी मोरङ सिचाइ नहरमा डुबेको अवस्थामा विवशको शव भेटिएको हो । घटना स्थलमा अहिले प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ ।









