
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ स्थित विराटचौकबाट मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शंकर दाहाल र अजय मण्डललाई पक्राउ गरेको हो ।


गत मङ्गलवार सुन्दरहरैंचा स्थित विराटचौकमा रहेको बजरंगबली रिकन्डिसन सेन्टरबाट बिना कागजात चोरीको को ३५ प २२०२ नम्बरको पल्सर मोटरसाइकल खरिद गर्ने स्थानीय वर्ष ४० को शंकर दाहाल र धनपालथान गाउँपालिका वडा नं १ का १९ वर्षीय अजय मण्डललाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह PIT बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









