
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा विधार्थी विधार्थी बिच झगडा भएको छ । शुक्रबार सांझ ७ बजे सुकुना क्याम्पसको खेल मैदानमा खेल खेल्ने क्रममा विवाद हुदा स्ववियु सभापती सन्तोष लिम्बू र अनेरास्ववियु सुकुनाका अध्यक्ष योगेश दाहाल बिच सामान्य विवाद भएको थियो ।


प्रत्यक्षदर्शीका अनुसार सुकुना स्ववियु सभापती सन्तोष लिम्बू र अनेरास्ववियु सुकुनाका अध्यक्ष योगेश दाहाल बिच विवाद हुदा स्ववियु सभापती लिम्बुको टाउको माथी चिर्पट प्रहार भएको हो ।

चिर्पट प्रहार पश्चात् घाइते लिम्बुलाई स्थानिय सुकुना सामुदायिक हस्पिटलमा सामान्य उपचार पश्चात् विराटनगर स्थित आर्या न्युरो हस्पिटल लगिएको प्रहरीले जनाएको छ । लिम्बुको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेका दाहालको खोजी कार्य गरिरहेको छ ।









