
सुन्दरहरैंचा । युवाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले होटल स्वादले वारिष्ठा (BARISTA) तालिम सञ्चालनमा ल्याएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० स्थित विराटचौकको मुख्य बजारमा रहेको स्वाद होटलले युवा लक्षित ३५ दिने वारिष्ठा तालिम सञ्चालन ल्याएको हो ।


विगत ७ वर्ष देखि विराटचौकमा रेस्टुरेन्ट सम्बन्धी विभिन्न सेवा दिदै आएको स्वाद होटलले युवायुवतीहरुलाई स्वरोजगार बनाउने उद्देश्यले वारिष्ठा तालिम ल्याएको स्वाद होटलले जनाएको छ ।


तालिम पश्चात् प्रशिक्षार्थीहरुलाई ग्यारेन्टीका साथ रोजगार उपलब्ध गराउने स्वाद होटलका सञ्चालक रेवत अधिकारीले बताए । दक्ष तथा अनुभवी प्रशिक्षक साथै तालिम स्थानको भौतिक पुर्वाधार समेत गुणस्तरिय प्रविधिबाट तालिम सञ्चालन हुने होटल स्वादमा वारिष्ठाको तालिममा सहभागी भएका प्रशिक्षार्थीहरुलाई वेटर कोर्ष (WAITERS COURSES) नि:शुल्क उपलब्ध गराइने होटल स्वादले जनाएको छ ।









