
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा नयाँ होटल अभान्टिका होटल सञ्चालनमा आएको छ । वडा नं ९ बुधबारे स्थित जनता स्कुलको छेउमा अभान्टिका होटल सञ्चालनमा आएको हो ।


सञ्चालक समिप खतिवडाले ‘खाद्य स्वच्छता र सेवामा उत्कृष्टता’ दिने गरि विराटचौकमा नयाँ होटल सञ्चालन गरिएको जानकारी दिए । खतिवडाले खाद्य स्वच्छता सगैं सुपथ मुल्यमा लज समेत व्यवस्था गरेको जानकारी दिए ।

पछिल्लो समय सुन्दरहरैंचा स्थित विराटचौकमा तीव्र शहरीकरण भइरहेकाले गुणस्तरीय होटलको खाँचो भएको र अभान्टिका होटलले त्यो सेवा दिन तयार रहेको खतिवडाले जानकारी दिएका छन ।
होटलले होम डेलीभरीको समेत व्यवस्था गरेको छ भने होटलले विभिन्न स्वादिष्ट परिकारका साथै विर्यानीलाई मुख्य प्राथमिकता दिएको होटल सञ्चालक खतिवडाले जानकारी दिएका छन् ।









