
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ३ मा ज्येष्ठ आमाहरुलाई सम्मान गरिएको छ । मंगलबार वडा नं ३ को कार्यालयमा ८० वर्ष भन्दा माथी रहेका दुई जना आमाहरुलाई सम्मान गरिएको जेष्ठ नागरिक समाज सुन्दरहरैंचा वडा नं ३ का अध्यक्ष भिमबहादुर कार्कीले बताए । सम्मानित हुनेमा तुलसा दाहाल र सोनावती थारु रहेका छन । उनिहरुलाई समानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।



त्यस्तै सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरगाईको प्रमुख आतिथ्यतामा वडा नं ३ का २०० भन्दा बढी जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

जेष्ठ नागरिक समाज सुन्दरहरैंचा ३ को आयोजनामा भएको माता सम्मान कार्यक्रममा लायन्स क्लब अफ गछिया, आश्रय प्रतिष्ठान नेपाल गछिया र सुन्दरहरैंचा नगरपालिका वडा नं ३ ले आर्थिक सहयोग गरेको थियो । वडाले बर्सेनि माता तिर्थ औंसीको अवसर पारेर माता सम्मान कार्यक्रम गर्दै आएको छ ।









