
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा वडा नं १२ मा रहेको ग्रेट नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा लक्ष्मीप्रसाद आचार्य निर्वाचित भएका छन ।


साकोसको तेह्रौ वार्षिक साधारणसभाबाट आचार्य अध्यक्षमा निर्वाचित भएका हुन । आचार्य तेह्र वर्ष पछि पुन: साकोसको अध्यक्षमा निर्वाचित भएका हुन ।

आचार्य २०६७ सालमा ग्रेट नेपाल साकोसको अध्यक्षमा पहिलो पटक अध्यक्ष भएका थिए । त्यस्तै साकोसको उपाध्यक्षमा गोपाल फुयाल, सचिवमा सुमन खनाल निर्वाचित भएका छन ।
त्यस्तै सदस्यमा कमला घिमिरे, प्रमिला थापा, कुमार अधिकारी र टीका काफ्ले निर्वाचित भएका छन । त्यस्तै लेखा संयोजकमा टेकमणी न्यौपाने(विवेक) लेखा सदस्यमा सुजता सुवेदी र दिपक राई निर्वाचित भएका छन ।









