मुख्य समाचार राजनीति

एमाले कोशीको अध्यक्षमा खतिवडाको अग्रता

सुन्दरहरैंचा । नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । साझ ५ बजेबाट मतगणना शुरु भएको हो । प्रदेशमा अध्यक्षका लागि मोरङको लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन् ।

२८२ मत गन्दा अध्यक्षका उम्मेद्वार खतिवडाले अग्रता लिएका छन । खतिवडाले १४९ मत प्राप्त गरेका छन भने ढकालले १३१ मत प्राप्त गरेका छन । नेकपा एमाले कोशी प्रदेश कमिटीको अधिवेशनमा सहमतिमा नेतृत्व चयन हुन नसकेपछि हिजो आइतबार मतदान भएको थियो ।

कुल ९ सय ९७ जना प्रतिनिधिमा ९ सय ७७ मत खसेको छ । मतदानमा २० जना प्रतिनिधि सहभागी नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *