कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाको जनचेतना सामुदायिक वनमा आगलागी

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ मा रहेको जनचेतना सामुदायिक वनमा आगलागी भएको छ ।

वन क्षेत्रबाट एक्कासी दिउँसो आगोको धुवा निस्किएपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । मंगलबार दिउँसो २ बजे तिर लागेको आगो सुन्दरहरैंचा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

सुक्खा मौसम शुरु भएसँगै मोरङका विभिन्न स्थानमा रहेका सामुदायिक वनमा आगलागीका घटना शुरु हुन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *