कोशी प्रदेश मुख्य समाचार राजनीति

राष्ट्रिय युवा संघ नेपालको मोरङ अध्यक्षमा घिमिरे

सुन्दरहरैचा । राष्ट्रिय युवा संघ नेपालको मोरङ अध्यक्षमा प्रविण घिमिरे सर्वसम्मत चयन भएका छन । शनिबार विराटचौकमा भएको अधिवेशनबाट घिमिरे अध्यक्षमा चयन भएका हुन ।

राष्ट्रिय युवा संघ नेपाल मोरङको ९ औ अधिवेशन हिजो शनिबार विराटचौकमा भएको थियो । घिमिरे उक्त अधिवेशनको आयोजक कमिटिको संयोजक समेत हुन । युवा क्षेत्रमा लोकप्रिय रहेका घिमिरेले मोरङ क्षेत्र भरी राष्ट्रिय युवा संघ नेपाल मोरङको आयोजनामा यस अघी नै श्रमदान कार्यक्रम हरेक पालिका भित्र सञ्चालन गर्दै आएका थिए ।

त्यस्तै सचिवमा विवेक भुजेल सर्वसम्मत चयन भएका छन । ९ औ अधिवेशनबाट प्रविण घिमिरेको नेतृत्वमा गठन भएको ८३ सदस्यीय कमिटी गठन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *