कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचा उवा संघ: अध्यक्षमा नारायण कार्की सर्वसम्मत

सुन्दरहरैंचा । सुन्दरहरैंचा उधोग वाणिज्य संघको अध्यक्षमा नारायण कार्की सर्वसम्मत चयन भएका छन । शनिबार भएको उम्मेद्बारी मनोनयन दर्तामा कार्कीको मात्र उम्मेद्बारी परेपछी उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।

त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा ज्ञानप्रसाद ढकाल, प्रथम उपाध्यक्षमा डोलेश्वर तिम्सिना, वाणिज्य उपाध्यक्षमा उज्ज्वल थापा, अन्तरास्ट्रिय उपाध्यक्षमा डिल्लिप्रसाद ढकाल, महासचिवमा हरि कार्की, उधोग सचिवमा शारदाप्रसाद ढकाल, वाणिज्य सचिवमा रामप्रसाद बस्नेत(विप्लव), एसोसिएट सचिवमा मनोज गुरागाई, अन्तरास्ट्रिय सचिवमा नायकप्रसाद धमला(नारायण), लेखा संयोजकमा रुद्र थापा, लेखा सदस्यमा धरणिधर दाहाल र कृष्णप्रसाद आचार्य सर्वसम्मत चयन भएका छन ।

त्यस्तै संघको उधोग उपाध्यक्षमा नगेन्द्रप्रसाद दाहाल,  गोविन्द प्रसाद अधिकारी, उपमहासचिवमा रामकृष्ण खड्का र महेन्द्रकुमार आचार्य र कोषाध्यक्षमा कृष्णप्रसाद ओझा र रञ्जु आचार्यको उम्मेद्बारी परेको छ । संघको नयाँ नेतृत्व चयन सर्वसम्मत बनाउन पुर्व अध्यक्ष देखि विभिन्न राजनितिक दलका नेतृत्वहरु लागिरहेका छन । संघको उम्मेद्बारी दावी विरोधका लागि शनिबार चैत्र १७ गते ४ बजे सम्मको लागि निर्वाचन समितिले समय निर्धारण गरेको छ ।

यदि संघको उधोग उपाध्यक्ष, उपमहासचिवमा र कोषाध्यक्ष पदमा परेको दुई दुई उम्मेद्बारी मध्ये जो कोहि एकजनाले निर्धारित समय भित्र फिर्ता नलिएमा संघको तीन पद उधोग उपाध्यक्ष, उपमहासचिव र कोषाध्यक्ष पदमा मात्र निर्वाचन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *