मुख्य समाचार शिक्षा

शिक्षक आन्दोलन: विद्यार्थीको भविष्य अन्यौलमा

सुन्दरहरैंचा । शिक्षक आन्दोलनका कारण देशभरका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको भविष्य अन्यौलमा परेको छ। आगामी बोर्ड परीक्षा नजिकिँदै गर्दा पनि शिक्षा मन्त्रालय र आन्दोलनरत शिक्षकबीच सहमति हुन नसक्दा विद्यार्थीहरू मानसिक तनावमा छन्।

सरकारले परीक्षा सञ्चालनको तयारीका लागि सम्बन्धित निकायहरूलाई निर्देशन दिएको भए पनि आन्दोलनरत शिक्षकहरू अझै शिक्षण र परीक्षा सञ्चालनमा सहभागी भएका छैनन्। शिक्षकहरू स्थायी नियुक्ति, सेवा सुरक्षालगायत माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएका हुन्।

“पढाइ त ठप्प छ, परीक्षा हुने कि नहुने भन्नेमा नै अन्यौल छ,” कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले भने। अभिभावकहरू समेत छोराछोरीको भविष्यप्रति चिन्तित छन्।

शिक्षकहरूको आन्दोलन चाँडै समाधान नभए परीक्षाको तालिका प्रभावित हुने देखिन्छ। विद्यार्थी, अभिभावक र स्थानीय तहले सरकारलाई चाँडो निर्णय गर्न आग्रह गरेका छन्।

सरकारले भने कक्षा १२ को परीक्षा सञ्चालन गर्न सबै सरोकारवाला निकायहरुलाई निर्देशन जारी गरिसकेको छ । निजि विधालय भन्दा सरकारी विधालयमा अध्ययन गर्ने विधार्थीहरु परीक्षा हुने नहुनेमा बढी चिन्तित देखिन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *