मुख्य समाचार स्वास्थ्य

विराटचौक मेडिकल हलद्वारा नि:शुल्क स्वास्थ्य शिविर

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको विराटचौक मेडिकल हलले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । विराटचौक मेडिकल हलको आयोजना तथा युनिभर्सल युथ ग्रुपको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो ।

स्वास्थ्य शिविरमा पाइल्स तथा फिस्टुला, मलद्वार चिलाउने, मलद्वारबाट पिप र रगत आउने दुख्ने, मलद्वारमा मासु पलाएको, पलाएको मासु क्यासर हो कि हैन सबै शरिरमा निस्किएको गाठागुठी आदिको नि:शुल्क जांच शिविर सञ्चालन गरिएको मेडिकल हलका सञ्चालक विपिन चाम्लागाईले बताए ।

स्वास्थ्य शिविरमा वरिष्ठ डाक्टर सुजन श्रेष्ठले विशेषज्ञ सेवा दिने चाम्लागाईले बताए । स्वास्थ्य शिविर चैत्र १७ गते शनिबार विराटचौक मेडिकल हलको प्रागणमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *