कोशी प्रदेश मुख्य समाचार

बेलबारी नगरपालिकाले खरिद गर्‍यो नगर बस

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले नगर बस सञ्चालन गर्ने भएको छ । नगरले बेलबारीको रुटमा नगर बस सञ्चालन गर्नका लागि एक करोड तेत्तीस लाखको बिद्युतिय नगर बस खरिद गरेको हो ।

नगरप्रमुख दिलप्रसाद राईले निर्वाचित हुँदै गर्दा नगर बस सञ्चालन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए । निर्वाचित भएको झन्डै ३ वर्ष पुग्दा उनले आफ्नो पहिलो निर्णयलाई साकार रूप दिएका हुन् । 

शुरुमा एउटा मात्र नगर बस ल्याइएको हो, राईले भने “आवश्यकता अनुसार थप नगर बसको लागि योजना बनाएर अगाडी बढिनेछ ।”  नगर बस बेलबारी नगरपालिका वडा नं ११ लक्ष्मी मार्ग हुँदै रंगेलीसम्म  र बेलबारी बजार देखि भाउन्ने हुँदै बाहुनी सम्म सञ्चालन हुने नगरप्रमुख राईले जानकारी दिएका छन् । उनका अनुसार केही दिनमा नै नगर बसको रुट समेत तयार गरी सञ्चालन गर्ने तयारी भइरहेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *