
सुन्दरहरैंचा । माछापुच्छ्रे बैक विराटचौक शाखाले फोन पेको क्यू आर स्टेण्ड वितरण गरेको छ । यात्रामा रकम भुक्तानी गर्न सहज हुने उद्देश्यले माछापुच्छ्रे बैक विराटचौक शाखाले फोन पेको क्यू आर स्टेण्ड वितरण गरेको हो ।


माछापुच्छ्रे बैक विराटचौक शाखाले मोरङको सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका र ग्रामथान गाउंपालिकामा रहेका ३५ वटा सिटी सफारीका चालकहरुलाई फोन पेको क्यू आर स्टेण्ड वितरण गरेको हो ।

माछापुच्छ्रे बैक विराटचौक शाखाका शाखा प्रमुख प्रभाकर खतिवडाले अब यात्रा गर्दा क्यासलेस कारोबारका कारण छिटो, छरितो र सरल रुपमा कारोबार गर्न सकिने बताए । खतिवडाले शुरुमा हामीले ३५ वटा सिटी सफारीका चालकहरुलाई फोन पेको क्यू आर स्टेण्ड वितरण गरिएको भए पनि यो अभियानलाई बैकले अगाडि बढाए सगै धेरै सिटी सफारी व्यवसायीहरुले यो भुक्तानी प्रणालीमा आउने इच्छा गरेको बताएका छन ।









