कोशी प्रदेश मुख्य समाचार

बेलबारी प्रहरीको बन्यो भान्साघर सहित प्रहरी आवास भवन

बेलबारी । मोरङको बेलबारी १ मा रहेको  ईलाका प्रहरी कार्यलय  परिसरमा ४ वटा स्थानीय तहहरुको आर्थिक सहयोगमा ६ कोठे पक्की भवन निर्माण भएको   छ ।

भवनका  लागि बेलबारी नगरपालिकाले १५ लाख, सुन्दरहरैंचा नगरपालिकाले १५ लाख,केराबारी गाँउपालिकाले ८ लाख ग्रामथान गाँउपालिकाले ७ लाख ५० हजार र स्थानीय रत्न टोल बिकास संस्थाले ४ लाख ५ हजार ५० रुपैया बराबरको श्रमदान गरेको छ ।

आवास तथा भान्सा घरको कोशी प्रदेश प्रहरी कार्यलयका प्रमुख (डिआईजी) चन्द्रकुबेर खापुङ र बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले संयुत्त रुपमा उदघाटन गरेका छन । कार्यक्रममा बोल्दै प्रमुख अतिथी कोशी प्रदेश प्रहरी प्रमुख खापुङले जनतालाई सहज रुपमा सुरक्षा प्रदान गर्न प्रहरी तयार रहेको बताएका छन । उनले धेरै स्थानबाट प्रहरी कार्यालय स्थापना तथा प्रहरीको दरबन्दी माग भए पनि स्रोतको अभावले त्यो पूरा गर्न नसकिरहेको बताएका छन ।

बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले प्रहरी तथा राज्यले जनतालाई सेवा दिने कि भुगोललाई सेवा दिने भन्दै प्रश्न गरेका थिए । उनले पछिल्लो समय प्रहरी भित्र देखिने राजनितिक गन्दको आलोचना समेत गरेका थिए । उनले बेलबारी क्षेत्रमा डिएसपी सहितको ईलाका बनाउन जरुरी रहेको बताउदै बेलबारीमा डिएसपी कार्यालय ल्याउन सबैले हातेमालो गर्नु पर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *