
सुन्दरहरैंचा । सुन्दरहरैंचा उधोग वाणिज्य संघले नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ । संघले निर्वाचनका लागि निर्वाचन संयोजक रामप्रसाद गजुरेलको संयोजक रहने गरि तीन सदस्य निर्वाचन समिती निर्माण गरेको छ ।


निर्वाचन समितिले संघको नयाँ नेतृत्व चयनका लागि चैत्र २६ गते चुनाव गर्ने मिति सार्वजनिक गरेको छ । संघको एघारौ अधिवेशन तथा २५ औ साधारण सभाबाट चैत्र २६ गते निर्वाचन गर्ने समय तालिका सार्वजनिक भएको हो ।

चैत्र ११ गते मतदाता नामावली सार्वजनिक र दावी विरोध, चैत्र १३ गते मतदाताको अन्तिम नामावली प्रकाशन, चैत्र १४ गते उम्मेद्बारी मनोनयन दर्ता र दावी विरोध, चैत्र १५ गते उम्मेद्बारी फिर्ता र दावी विरोध, चैत्र १६ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन र चैत्र २६ गते निर्वाचन गर्ने समय तालिका निर्वाचन समितिले सार्वजनिक गरेको हो ।
संघको नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा सर्वसम्मत भए पनि अन्य पदमा भने सहमति हुन सकेको छैन । संघको नयाँ नेतृत्व चयन सहमतिबाट टुङ्ग्याउने भन्दै संघका पुर्व अध्यक्ष सहित पाँच राजनितिक दलको बैठक जारी छ ।









