
सुन्दरहरैंचा । नेकपा एमाले सुन्दरहरैंचा नगरपालिका ४ नम्बर वडाको वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ वडा कमिटी गठन गर्दै शम्भु धमलाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।


नवगठित कमिटीमा हिमा देवी कोइराला उपाध्यक्ष, कमल न्यौपाने सचिव, तथा प्रकाश चौधरी र टिकाराम घिमिरे उप–सचिवमा चयन भएका छन्।

वडा अधिवेशनपछि अध्यक्ष धमलाले संगठनलाई थप सशक्त, सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै पार्टीको नीति, विचार र कार्यक्रमलाई वडास्तरसम्म विस्तार गर्न सबैलाई एकजुट भएर लाग्न आग्रह गरेका छन् ।









