कोशी प्रदेश मुख्य समाचार विजनेश

सुन्दरहरैंचाको दाजु-भाई जुत्ताचप्पल पसलमा आगलागी

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ स्थित विराटचौकमा रहेको दाजु-भाई जुत्ताचप्पल पसलमा शनिबार राती आगलागी भएको छ ।

बाटो हिड्ने मान्छेले शनिबार राती अन्दाजी १२ बजे पसलबाट धुवाँ निस्किएको देखेपछी होहल्ला गरी स्थानियलाई जानकारी गराएका थिए । आगो प्रहरी, दमकल र स्थानीयले नियन्त्रणमा लिएका थिए ।  पसलबाट पिछाडी रहेको गोदाममा राती एक्कासी आगो लागेको थियो ।

गोदामका जुत्ता चप्पल जलेर करीब १० लाख बराबरको क्षतिभएको जुत्ताचप्पल पसलका सञ्चालक राम ढकालले बताए । विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने  प्रहरीको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *