कोशी प्रदेश मुख्य समाचार

महिलाको क्षमता बिनाको अधिकारले उपलब्धी दिदैन: मेयर गुरागाई

सुन्दरहरैंचा । महिलामा क्षमता बिनाको अधिकार दिदा उपलब्धि मुलक नहुने सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईले बताएका छन ।

सुन्दरहरैंचा नगरपालिकाले आयोजना गरेको ११४ औ अन्तरास्ट्रिय महिला दिवसको अवसरमा गुरागाईले सो कुरा बताएका हुन । गुरागाईले अधिकार माग्दै गर्दा महिलाहरुले समेत आफ्नो क्षमता र दायित्वमा ध्यान दिनुपर्ने बताए ।

मेयर गुरागाईले अधिकारको कुरा गर्दै गर्दा अब राज्यले दिएको अधिकारलाई कसरी प्रयोग गर्ने त्यता तिर ध्यान जानुपर्नेमा जोड दिएका थिए । मेयर गुरागाईले महिला हिंसा समाजबाट अन्त्य गर्न सबै लाग्नुपर्ने बताउदै महिला हिंसा अन्त्य गर्न पहिला आफ्नै घरभित्रको महिला हिंसा अन्त्य गर्नुपर्ने बताए ।

शुक्रबार सुन्दरहरैंचा नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै ११४ औ अन्तरास्ट्रिय महिला दिवस सम्पन्न गरेको छ । कार्यक्रममा १२ जना श्रमिक महिलाहरुलाई नगरपालिकाले सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *