कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचा उवासंघ: अध्यक्षमा सन्तोष वान्तवाको दाबी

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्र भित्र रहेको सुन्दरहरैंचा उधोग वाणिज्य संघको अध्यक्षमा सन्तोष वान्तवाले दाबी गर्ने भएका छन । संघको ११ औ साधारण सभा चैत ९ र १० गते हुदैंछ । संघले चैत १० गते नयाँ नेतृत्व पाउने सम्भावना छ ।

अघिल्लो पटक महासचिवमा उम्मेद्बारी दिएका वान्तवाले यस पटक अध्यक्षमा दाबी गर्ने भएका छन । वान्तवाले धेरै व्यक्तिले अध्यक्षमा दाबी गर्न आग्रह गरेका कारण पनि आफुले अध्यक्षमा दाबी गर्दै आएको बताएका छन । संघको अध्यक्षमा नारायण कार्कीले समेत दाबी गर्दै आएका छन । अघिल्लो साधारणसभामा वान्तवा र कार्की नै महासचिवको उम्मेद्बारी बनेका थिए । कार्कीले वान्तवालाई पराजित गरेका हुन ।

पार्टीबाट समेत आफुलाई उम्मेद्बारी बन्न आग्रह गर्दै आएको वान्तवाले बताएका छन । उनी नेकपा एमाले निकट हुन । संघमा सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने आवाज उठिरहदा कार्की र वान्तवाको दाबी अध्यक्षमा रहदा सर्वसम्मत हुने सम्भावना कम छ ।

संघमा नया नेतृत्व चयन सर्वसम्मत गर्नका लागि एक समूहले दौडधुप गर्दै आएको छ । तर संघको नेतृत्व चयनमा राजनितिक पार्टीहरुको हस्तक्षेप धेरै हुनेहुँदा सर्वसम्मत हुने सम्भावना कम छ । हाल सम्म संघको अध्यक्षमा दुई व्यक्ती नारायण कार्की र सन्तोष वान्तवाले दाबी गर्दै आएका छन ।

११ औ साधारणसभाबाट नयाँ नेतृत्व चयन गर्न सुन्दरहरैंचा नगरपालिका वडा नं १, ८, ९, १०, ११ र १२ गरि ६ वटा वडाका १२ सय भन्दा बढी व्यवसायीहरुले मतदान गर्न पाउनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *