मुख्य समाचार राजनीति

एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा विजयी

सुन्दरहरैंचा । नेकपा एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। खतिवडा ३६९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी विनोद ढकाललाई पराजित गर्दै खतिवडा विजयी भएका हुन ।

यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी भएका छन । विजयी सबैजना खतिवडाकै प्यानलबाट विजयी भएका हुन् ।

उपाध्यक्षमा भने धनकुटाका टीकराम चेम्जोङ सर्वसहमत निर्वाचित भएका छन । नेकपा एमाले कोशी प्रदेशको हिजो भएको निर्वाचनको मेजर पदाधिकारीहरुको मतगणना सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *