कोशी प्रदेश खेल मुख्य समाचार

सलकपुरमा खुल्ला क्रिकेट नकआउट प्रतियोगिता हुने

सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैंचा नगरपालिका स्थित सलकपुरमा यहि माघ १५  देखि २२ गते सम्म सलकपुर खुल्ला क्रिकेट नकआउट प्रतियोगिता हुने भएको छ  ।

भुल्के युवा समाज तथा सलकपुर क्रिकेट क्लबकाे आयाेजनामा प्रतियाेगिता हुने भएको हाे । आयोजकले मंगलबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको समय र स्थान सार्वजनिक गरेको हो ।

उक्त प्रतियोगितामा मोरङका विभिन्न स्थानमा रहेका क्रिकेट क्लबहरुले सहभागी जनाउने आयोजकले जनाएको छ ।  प्रतियाेगितामा १६ वटा टिमकाे सहभागिता रहने आयाेजकले जानकारी गराएको छ ।

प्रतियाेगितामा प्रथम पुरस्कार रू ३० हजार, दोस्रो पुरस्कार १५ हजार रहेको खेल संयाेजक राेहन खत्रीले बताए । उक्त प्रतियोगिता सुन्दरहरैंचा नगरपालिका वडा नं ८ मा रहेको सलकपुर खेल मैदानमा हुने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *