कोशी प्रदेश मुख्य समाचार

उर्लाबारीमा भेटिएको चितुवालाई कोशी टप्पु पठाईयो

उर्लाबारी । मोरङको उर्लाबारी–१ चारघरेको बासघारी मा फेला परेको दुर्लभ वन्यजन्तु हिँउ चितुवा लाई उद्धर गरि कोशी टप्पु पठाईएको छ । आज बिहान एक्कासि स्थानियको बासघारीमा हिउ चितुवा देखापरेपछि स्थानियहरु त्रसित भएका थिए ।

त्रसित स्थानिय, नेपाल प्रहरि, शस्त्र प्रहरिको टोलि , सव वन डिभिजन कार्यालय मंगलबारे को टोलि लगाएत स्थानिय जनप्रतिनिधिले दिनभरि जसो हिउ चितुवालाई बासघारीमा पहरा दिएर गाउ पस्नबाट रोकेका थिए ।

दिउसो कोशी टप्पु बन्यजन्तु आंरक्षण केन्द्रबाट आएको टोलीले चितुवालाई बेहोस बनाउने औषधिको प्रयोग गरि नियन्त्रणमा लिई उद्धार गरेको सव वन डिभिजन कार्यालय मंगलबारेका प्रमुख एकराज दाहालले जानकारी दिए । उद्धर गरिएको हिउ चितुवालाई सोहि टोलिले कोशी टप्पु बन्य जन्तु आरक्षण केन्द्र लगेको ईलाका प्रहरि कार्यालय उर्लाबारी प्रमुख देबेन्द्र दाशले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *