कोशी प्रदेश

सुन्दरहरैचामा मोटरसाइकलले ठक्कर दिदा दुई घाइते

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ८ स्थित सलकपुरमा मोटरसाइकलले सिटी सफारीलाई ठक्कर दिदा दुई जना घाइते भएका छन ।

पुर्वबाट पश्चिम तर्फ जादै गरेको को २५ प ६९११ न. को मोटरसाइकलले उत्तर बाट दक्षिण तर्फ बाटो क्रस गर्दै गरेको सिटि सफारीलाई ठक्कर दिदा मोटरसाइकल चालक र मोटरसाइकलमा पछाडी सवार एक जना घाइते भएका छन ।

घाइते हुनेमा मोटरसाइकलमा सवार दुई जना लेटाङ नगरपालिका वडा नं ७ वर्ष ३० को सम्भु प्रसाद लिम्बु र बर्ष २२ को कमल मगर रहेका छन उनिहरुको सुन्दरहरैचा स्थित सलकपुरमा रहेको स्थानिय मेडिकल उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *