
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । वडा नं ५ स्थित सिमरवन जंगल नजिक हात्तीको आक्रमणबाट बिहिबार स्थानीयवासी ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।


जंगलबाट घाँस लिएर आइरहेका उनीमाथि हात्तीले आक्रमण गरेको थियो । विष्टको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।










