कोशी प्रदेश मुख्य समाचार राजनीति

मुख्यमन्त्री थापाविरुद्धको रिटको पेसी आज

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिटको सुनुवाइका लागि आज पेसी रहेको छ । रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, सभाध्यक्ष भएर सभामुखको भूमिका निर्वाह गरेका अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सदस्य एवं प्रदेशसभा सदस्य गीता तिमल्सिना र कोसी प्रदेशसभा सचिवालयलाई विपक्षी बनाइएको छ।

गत साउन १६ गते मुख्यमन्त्री नियुक्त थापाले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । विश्वासको मत लिए लगतै एमाले संसदिय दलका नेता एवं पूर्वमुख्यन्त्री हिक्मतकुमार कार्कीले बुधबार रिट दायर गरेका थिए ।

यस अगाडि पनि सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा थापाको नियुक्ति बदर गरिदिएको थियो । अदालतले थापाको नियुक्ती बदर गरेपछी उनले पुन साउन १६ गते सभामुखलाई राजिनामा गराएर विश्वासको मत लिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *